site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक लाख ९९ हजारसहित महाराजगन्जबाट आठ ‘जुवाडे’ पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले आठ ‘जुवाडे’लाई पक्राउ गरेको छ । महाराजगन्ज प्रहरी वृत्तबाट खटिएको टोलीले एक लाख ९९ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ, नारायणथानका यमकुमार पुन, टोखाका राज घले, सोही ठाउँका मिलन घर्तीमगरसहित आठजना छन् । पक्राउ पर्नेमा तीन महिला समेत छन् ।

सोमबार राति सामाखुसीस्थित अप्सरा मल्लको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि जुवा मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro