site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायुअनुकूलनका निम्ति छुट्ट्याइएको रकम नेपालले पाउनुपर्छ : गुटेरेस
अन्नपूर्ण आधारशिविरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर सौजन्य : दिलीप गुरुङ/रासस ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायुअनुकूलनका निम्ति छुट्ट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् । मंगलबार अन्नपूर्ण आधारशिविरको अवलोकन भ्रमणपछि पोखरामा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

महासचिव गुटेरेसले जलवायुअनुकूलनका निम्ति बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाललगायत देशहरूले पाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अरू देशहरूलाई आग्रह गरे ।

Dabur Nepal
NIC Asia

जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने उनले बताए ।

“हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ, यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु,” उनले भने, “पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।”

उनले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको उल्लेख गरे । यसबाट पीडित समुदायका निम्ति विश्वस्तरबाटै प्रभावकारी कदम चालिनुपर्ने उनले बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro