site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै, यस्तो छ कारण 
SkywellSkywell

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लागेका हुन् । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भू–भागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 

Dabur Nepal
NIC Asia

आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ  ।

आइतबार उनले नेताहरूसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भू–भागमा पारेको असरहरू धेरै सुनिए पनि उच्च भू–भागमा पारेको असर कम सुनिएका बताएका थिए । 

यही कारण नेपालजस्ता उच्च भू–भाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जीवनमा कस्तो असर गरेका छ भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । “जलवायु परिवर्तनले असर गरेको नेपालको दिगो विकासमा सहयोग गर्न म अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्छु,” महासचिव गुटरेसले नेताहरूसँग भनेका छन् ।
गुटेरेस चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार बिहान नेपाल आएका थिए ।  

चार कारणले नेपालको भ्रमणमा छन् राष्ट्रसंघका महासचिव 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu