site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चार कारणले नेपालको भ्रमणमा छन् राष्ट्रसंघका महासचिव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार बिहान काठमाडौं आएका थिए ।  काठमाडौं आइपुगेको पहिलो दिनमा नै उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेका छन् ।  सोमबारबाट उनले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । राजनीतिक भेटघाट उनले आइतबार नै सकेका छन् । 

महासचिव गुटरेसले अपराह्न १ बजेबाट महत्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेका थिए । 

उनले आइतबार क्रमशः परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भेटवार्ता फरक व्यक्ति र फरक स्थानमा गरे पनि छलफलका विषय भने उस्तै थिए ।  सबै नेताहरुसँगको भेटमा उनले आफू चार कारणले नेपाल भ्रमणमा आएको बताएका छन् ।  पहिलो– नेपाल राष्ट्रसंघको शान्ति मिसनमा सैनिक पठाउने दोस्रो ठूलो देश भएर । 

दोस्रो– नेपालको मौलिक शान्ति प्रक्रियाका बाँकी कार्यको गति बुझ्न । 

Global Ime bank

तेस्रो– गौतम बुद्धको देश भएर र चौंथो, जलवायु परिवर्तनले उच्च भूभागमा गरेका असर बुझ्न । 

नेपाल आउनुको कारण चार भए पनि उनले भ्रमणका बेला नेपाल र विश्व समुदायलाई विभिन्न सन्देश दिएका छन् । 

तनावपूर्ण समय 

राष्ट्रसंघका महासचिव गुटेरेस यस्तो समयमा नेपाल भ्रमणमा आएका छन् जतिबेला विश्व इजरायल र प्यालेस्टिन दुई खेमामा विभाजन भइरहेको छ ।  यस्तो जटिल विश्व परिस्थितिमा पनि उनले नेपालको लागि चारदिन दिनुले विश्व कूटनीतिमा नेपालको महत्त्व एक पटक फेरि उनले सम्झाइदिएका छन् । 

कठिन अवस्थामा नेपाल आएका महासचिव गुटरेसले युद्धरत इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासलाई सन्देश दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले सिंहदरबारबाट इजरायल र हमासलाई भने, “सबैले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ । युद्धमा पनि कानून पालना गर्नुपर्छ । युद्धमा जनताको सुरक्षा कसरी गर्ने भन्ने स्पष्ट छ ।” 

महासचिव गुटेरेसले गाजाको अवस्था झन् झन् बिग्रदै गएको जनाउँदै इजरायली सेनाको कारवाहीले गाजामा अन्तर्राष्ट्रिय मानवीय सहायता कार्य रोकिएकोमा दुःख व्यक्त गरे । नागरिकको हत्या र घाइते बनाउने कार्य स्वीकार्न नसकिने उनले स्पष्ट बताए । 

इजरायलको आक्रमणका कारण गाजामा २० लाख प्यालेस्टिनी औषधि, पानी, विद्युतलगायतका आधारभूत आवश्कयताबाट बञ्चित भएको उनले जनाए । 

उनले युद्धरत दुवै पक्षलाई तत्काल युद्धविराम गर्न र बन्धकलाई मुक्त गर्न आग्रह गरे ।  “अहिले हामी अप्ठेरो र तनावपूर्ण समयमा बाँचिरहेका छौं,” उनले भने । 

विपिन जोशीको रिहाइको अपिल 

महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको र सुरक्षित फीर्तिको कामना गरे ।  

“म अक्टोबर ७ मा इजरायलमा हमासको आतंकवादी आक्रमणमा परी मारिएका १० जना विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु,” महासचिव गुटेरेसले भने, “ बेपत्ता भएका विपिन जोशीको सुरक्षित फिर्तिको म कामना गर्छु ।” 

प्यालेस्टिन चरमपन्थी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने एक जना बेपत्ता भएका थिए । 

बेपत्ता भएका विपिन जोशीलाई हमासले बन्धक बनाई गाजा लगेको अनुमान छ ।  यसैबीच नेपाल भ्रमणमा आएको संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले जोशीको फिर्तिको लागि अपिल गरेका हुन् । 

मध्यपूर्वको द्वन्द्वले नेपालीको घर प्रभावित 
काठमाडौं आएर महासचिव गुटेरेसले दिएको अर्को सन्देश थियो– देश जहाँ भए पनि विश्व घटनाले प्रभावित पारेको छ । उनले दूरीका हिसाबले मध्यपूर्व नेपालबाट निकै टाढा भए पनि नेपालीहरुको घरबाट निकै नजिक रहेको बताए । 

त्यहाँ हुने घटनाले नेपालीको घरमा असर गरेको उनको आशय थियो । यसको पछिल्लो उदाहरण हो– जारी इजरायल र हमासबीचको युद्ध । 

“मध्यपूर्वको द्वन्द्व नेपालबाट निकै टाढा भए पनि नेपालीहरुको घरबाट निकै नजिक रहेको छ,” उनले भने । 

शान्ति प्रक्रियामा सघाउने इच्छा

महासचिव गुटेरेसले नेपालका नेताहरुसँगको भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काममा सघाउने इच्छा व्यक्त गरेका छन् ।  संक्रमणकालीन न्यायको काम बाँकी रहेका बेला उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । 

उनले नेपालको शान्ति प्रक्रियाको बाँकी रहेको काम सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुनअनुसार पूरा गर्न आग्रह गरेका छन् । 

“शान्ति प्रक्रियालाई टुङ्ग्याउने कार्यमा नेपाललाई आवश्यक परेको खण्डमा राष्ट्रसंघ सघाउन तयार छ,” महासचिव गुटेरेसले भने । 

संक्रमणकालीन न्यायले मात्र समुदायमा शान्ति  

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले नेताहरुलाई माओवादी १० वर्षे सशस्त्र विद्रोहका पीडितहरुलाई न्याय दिलाउन सकेमात्र समुदायमा स्थायी शान्ति आउने सन्देश दिएका छन् ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको भेटमा उनले भने, “संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ ।”

नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयारको सन्देश पनि उनले दिएका छन् ।  

विश्व शान्तिमा नेपालको योगदान 

नेपाली नेताहरुसँगको भेटवार्तामा महासचिव गुटेरेसले विश्व शान्तिमा नेपालले गरेको योगदानको खुलेर प्रसंसा गरेका छन् ।  राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानको उनले प्रसंसा गरेका हुन् । 

अहिले राष्ट्रसंघको शान्ति मिसनमा दोस्रो ठूलो संख्या नेपाली सेना र प्रहरीको रहेको छ ।  भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति सेनामा ठूलो योगदान दिए पनि सोअनुसारको जिम्मेवारी नेपाललाई नदिइएकोमा असन्तुष्टी व्यक्त गरेका थिए । 

शान्ति सेनाको उच्च ओहदाको जिम्मेवारी नेपाली सेनाले कमै पाउने गरेको गुनासो प्रचण्डले गरेका थिए ।  जवाफमा नेपालले उठाएका एजेन्डालाई राष्ट्रसंघले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।  यसको थालनी आफू न्यूयोर्क फर्केपछि गर्ने समेत उनले बताएका थिए । 

शान्ति र अहिंसाको सन्देश

विश्वलाई नेपाललो शान्ति र अहिंसाको सन्देश दिइरहेको भ्रमणका बेला महासचिव गुटेरेसले बताएका छन् ।  गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व शान्तिको प्रतीक भएको उनले भेटमा जनाएका थिए ।  यसैकारण नेपाल भ्रमणका बेला लुम्बिनी जाने निर्णय आफूले लिएको उनले सुनाएका थिए । 

“बुद्धले दिएको शान्ति र अहिंसाको सन्देश विश्वलाई महत्वपूर्ण छ,” उनले भने । उनले नेपाल विश्वकै साथी भएको समेत बताए । 

राष्ट्रसंघले नेपाललाई सघाउने 

महासचिव गुटेरेसले नेपालको विकास र समृद्धिमा सघाउन विश्व समुदायलाई आग्रह गरेका छन् ।  उनले नेपाल र राष्ट्रसंघबीच सहयोग विस्तार गर्न नेपाल भ्रमणमा आएको उनले स्पष्ट पारे । नेपाललाई अतिकम विकसित राष्ट्रबाट अपग्रेड गर्ने प्रक्रियामा राष्ट्रसंघले सघाउने प्रतिवद्धता उनले जनाए । 

जलवायु परिवर्तन र असर 

महासचिव गुटेरेसले नेपाल आउनुको एउटा कारण बताएका छन्– जलवायु परिवर्तनले उच्च भूभागमा परेको असर बारे जानकारी लिने ।  यही असर बुझ्न उनी सगरमाथा क्षेत्र र अन्नपूर्ण वेश क्याम्प जाँदैछन् ।  आइतबार उनले नेताहरुसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भूभागमा पारेको असरहरु धेरै सुनिए पनि उच्च भूभागमा पारेको असर कम सुनिएको जनाएका थिए । 

यसैकारण नेपालजस्ता उच्च भूभाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जिवनमा के कस्ता असर गरेका छन् भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए ।  “जलवायु परिवर्तनले असर गरेको नेपालको दिगो विकासमा सहयोग गर्न म अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्छु,” महासचिव गुटरेसले नेताहरुसँग भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement