site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलोपटक शून्यमा आउट भए कोहली

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ मा भारतीय ब्याटर विराट कोहली पहिलोपटक शून्यमा आउट भएका छन् ।

विश्वकपअन्तर्गत लिग चरणको खेलमा विराट आइतबार इंग्ल्यान्डविरुद्ध ‘डक’ भए । टस हारेर ब्याटिङमा आएको भारतबाट तेस्रो नम्बरमा ब्याटिङका लागि आएका विराटले नौ बल खेले पनि खाता खोल्न सकेनन् । उनी डेविड विलीको बलिङमा बेन स्टोक्सबाट क्याच भएका थिए ।

जारी विश्वकपमा कोहली पहिलो पटक खाता नखोली आउट भएका हुन् ।

भारतले यसअघि खेलेका पाँचै खेलमा कोहलीले दोहोरो अंकमा रन जोडेका थिए । कोहलीले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ८५, दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ५५, तेस्रो खेलमा पाकिस्तानविरुद्ध १६, चौथो खेलमा बंगलादेशविरुद्ध १०३ रन र पाँचौ खेलमा न्युजिल्यान्डविरुद्ध ९५ रन बनाएका थिए । 

Global Ime bank

जारी प्रतियोगितामा उनले पाँच खेलमा ३५४ रन बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu