site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा गुटेरेसको सम्बोधन : दोभासे राख्ने/नराख्ने के छ तयारी ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका निम्ति नेपालमा छन् । उनी आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले यही कात्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । आउँदो मंगलबार अपराह्न ४ बजे उनले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महासचिव गुटेरेसले संसद्मा अंग्रेजी भाषामा सम्बोधन गर्नेछन् । उनको सम्बोधन सांसद र सर्वसाधारणले सहज ढंगले बुझ्ने गरी दोभासे राख्ने/नराख्ने विषयमा सचिवालय अनभिज्ञ छ । संसद् सचिवालयले त्यसबारे कुनै तयारी गरेको छैन ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हालसम्म सरकारले महासचिव गुटेरेसको सम्बोधन समयका बारेमा मात्र जानकारी गराएको बताए ।

Global Ime bank

“सरकारले महासचिव गुटेरेसको सम्बोधनको समयबारे हामीलाई जानकारी गराएको छ । यसबाहेक थप औपचारिक कार्यतालिका प्राप्त नभइसकेकाले सरकारसँग हामी परामर्शमा छौँ,” धमलाले बाह्रखरीसँग भने, “त्यसपश्चात् मात्र दोभासे राख्ने/नराख्ने विषयमा आधिकारिक जानकारी दिन सकिन्छ ।”

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि दोभासे राख्ने तयारी भइनसकेको बताए । “पहिला पनि यस्तो अभ्यास हामीले गरेका छैनौँ । अहिले पनि खासै हाम्रो तयारी छैन,” उनले ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement