site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघका महासचिव आइतबार नेपाल आउँदै, संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउन लागेका हुन् ।

Dabur Nepal
NIC Asia

सन् २०१७ को जनवरी १ मा पदभार ग्रहण गरेपछि गुटेरेसको यो पहिलो नेपाल भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता कार्यक्रम रहेको छ । भ्रमणका क्रममा गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको प्रभावको प्रत्यक्ष अवलोकन गर्ने र प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणकाबीच एकै दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण समेत गर्ने बताइएको छ ।

उनको भ्रमण टोलीमा शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि राष्ट्रसंघका आवासीय–रेसिडेन्टल संयोजक हाना सिंगर हाम्डी र न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयका अन्य अधिकारी पनि रहने बताइएको छ ।

गुटेरेस अक्टोबर २९ मा (आइतबार) नेपाल आइपुग्ने र नोभेम्बर १ मा नेपालबाट फर्किने परराष्ट्र मन्त्रालयले बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro