site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
Tiktok banner adTiktok banner ad

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको बिहीबार (आज) पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

गएको असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचेका निम्ति उडेको हेलिकोप्टर अवतरणका क्रममा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा मंगलबार क्याप्टेन सेढाईंको निधन भएको थियो ।

क्याप्टेन सेढाईंको पार्थिव शरीर बिहीबारै काठमाडौँ ल्याइएको उनका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिए । काठमाडौंमा उपचार हुन नसकेपछि उनलाई भारत लगिएको थियो ।

क्याप्टेन सेढाईंको पत्नी, एक छोरा र एक छोरी छन् । सेढाईंको पार्थिव शरीरमा छोरा सौहार्द्रले दागबत्ती दिए । सो क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री शंकर कोइरालासहित धादिङबाट काठमाडौं आई बसोबास गरेका धादिङवासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गरेका सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रूपमा कार्यरत थिए । विशेष गरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र  बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा उनको अतुलनीय योगदान रहेको मनाङ मनाङ एयरले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro