site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
ग्यास्ट्रिकका बिरामी कस्तो अवस्थामा विशेषज्ञकहाँ पुग्ने ? (भिडियोसहित)

आमनेपालीमा देखिने गरेको पेटसम्बन्धी समस्या ग्यास्ट्रिकलाई धेरैले सामान्य रूपमा लिएको पाइन्छ । कतिपयले यसलाई नियमित औषधिकै भरमा लामो समयसम्म सहेर बस्ने गरेका छन् । ग्यास्ट्रिक जटिल बन्न सक्ने र खतरनाक अवस्था पनि निम्त्याउने विज्ञ बताउँछन् । कस्तो समस्या हो त ग्यास्ट्रिक ? यसको दीर्घकालीन उपचार छैन/छैन ? लगायत विषयमा नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवरसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :

पेटको कस्तो समस्या हो ग्यास्ट्रिक ?
ग्यास्ट्रिक आमाशयसँग जोडिएको समस्या हो । यसले मुख्यतः दुईखाले समस्या निम्त्याउँछ, आमाशयभित्रको झिल्ली सुन्निने र रिफ्लक्स डिजिज् । रिफ्लक्स आमाशयबाट एसिड माथि फर्किने समस्या हो । यसले छाती पोल्ने, खाना खाँदा अप्ठ्यारो हुने, अमिलो पानी मुखमा आउनेजस्ता समस्या निम्त्याउँछ । अधिकांश ग्यास्ट्रिकका बिरामीलाई रिफ्लक्सले नै सताइरहेको पाइन्छ ।

Dabur Nepal
NIC Asia

ग्यास्ट्रिकको कारण के हो ?
ग्यास्ट्रिकसँग आमनेपालीलाई जोडिरहँदा यसको कारण बुझ्नु जरुरी छ । रिफ्लक्स डिजिज्को मुख्य कारण एचपाइलोरी संक्रमण हो । एचपाइलोरी एक प्रकारको ब्याक्टेरिया हो, जुन धेरैजसो मानिसमा सानैदेखि हुन्छ ।

कतिपयमा यो सानैमा हटेर जान्छ वा रोगप्रतिरोधी क्षमताका कारण हराउँछ भने कतिपयमा रहिरहन्छ । नेपालीको हकमा ६० प्रतिशत जनसंख्यामा एचपाइलोरी रहेको अध्ययनहरूले देखाएका छन् ।

तर, ती ६० प्रतिशतमध्ये पनि प्रत्येक ६ मध्ये एकजनालाई मात्रै पछि गएर यसको असर देखन्छ । एचपाइलोरी संक्रमणकै कारण आमव्यक्तिमा रिफ्लक्सका विभिन्न असरहरू देखिने गरेको छ ।

दोस्रो कारण, नेपालीमा पेन किलरको असरले ग्यास्ट्रिकसम्बन्धी विभिन्न समस्या निम्त्याएको छ । त्यसमाथि धूमपान, मद्यपान र अन्य खानपानका कारण धेरैमा ग्यास्ट्रिकले सताएको पाइन्छ । तर, हामीले सुनेजस्तो सबैलाई यसले जटिल अवस्था निम्त्याएको छ वा पेटबाहेकका अन्य समस्या पनि ग्यास्ट्रिककै कारण देखिइरहेको भन्नेचाहिँ गलत हो ।

कस्ता खानेकुराले बढाउँछ रिफ्लक्सको समस्या ?
दूध र दूधजन्य पदार्थ बढी खाने व्यक्तिमा ग्यास्ट्रिकले धेरै सताएको पाइन्छ । यसबाहेक तारेको, भुटेको, मसालेदार र दूषित खाना यसको अर्को कारक हो । यस्ता खनेकुराले पेटमा एसिडको मात्रा बढाई माथि धकेल्ने काम गर्छ । त्यसभन्दा महत्त्वपूर्ण धूमपान, मद्यपान गर्ने व्यक्तिमा रिफ्लक्सले धेरै सताउँछ ।

खानाको ‘टाइमिङ’ र रिफ्लक्स डिजिज्को कस्तो सम्बन्ध हुन्छ ?
हाम्रो पेटलाई खाना पचाएर पूर्ण रूपमा खाली हुन लाग्ने समय चार घण्टा हो । यसबीचमा खाना पेटमा रही सानो आन्द्राबाट पाचन रसायनहरू आउने र पचाउने प्रक्रिया चल्दछ । एकैपटक धेरै खानेकुरा खाँदा यो प्रक्रियामा असर पुग्न जान्छ र खाना धेरै बेर पेटमा रहे रिफ्लक्सको समस्या पनि बढ्न जान्छ ।

ग्यास्ट्रिकले दीर्घकालीन समस्या निम्त्याउँछ ?
ग्यास्ट्रिकको असर कतिसम्म देखिन्छ भन्न यसको कारण पत्ता लगाउनु जरुरी छ । माथि भनिएजस्तै एचपाइलोरी इन्फेक्सनका कारण समस्या बढिरहेको भए यसलाई एन्टिबायोटिक औषधिमार्फत निको पार्न सकिन्छ । अन्य अवस्थामा सामान्यतः ग्यास्ट्रिकको समस्या ६ देखि ८ हप्ताको औषधि सेवनबाट निको हुन्छ । तर, कहिलेकाहीँ एचपाइलोरी इन्फेक्सनकै कारण व्यक्तिलाई अल्सर हुन जान्छ ।

अल्सर एक प्रकारको घाउ हो । यही क्यान्सरको कारण पनि बन्न सक्छ । यो रक्तनलीमा पर्न गएमा आन्तरिक रक्तस्राव हुने र अवस्था निकै जटिल बन्न सक्छ । त्यसैले ग्यास्ट्रिकका लक्षण देखिएका व्यक्तिले तुरुन्तै उपचारमा पुगी कारण पत्ता लगाउन जरुरी हुन्छ ।

ग्यास्ट्रिकका बिरामी कस्तो अवस्थामा विशेषज्ञकहाँ पुग्ने ?
विशेष गरी ४५ वर्ष कटेका व्यक्ति, जसलाई क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै, रगतको कमी भएका, खाना निल्दा अड्किरहने, पेटको समस्या लामो समयसम्म पनि ठिक नहुने, दिसामा रगत देखिनेजस्ता खतराका लक्षण हुन् । नचाहेरै तौल घट्नु पनि खतराको लक्षण हो । यदि, तौल घटाउने उपायहरू नगरेको र साविककै खाना खाइरहेको अवस्थामा पनि ६ महिनामा तीन केजीभन्दा बढी तौल घटेमा त्यस्ता व्यक्तिलाई विशेषज्ञकहाँ पुग्न म सल्लाह दिन्छु ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro