site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलबाट ल्याइँदै गरेको शव बुझ्न परराष्ट्रमन्त्री विमानस्थल जाने
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव नेपाल ल्याइँदै छ ।

भोलि बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा हुने पनि मन्त्रालयले जनाएको छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाइन लागेको जानकारी दिएको छ ।

नेपाल ल्याइन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

काठमाडौं आइपुगेलगत्तै शवहरु भोलि नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro