site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
आक्रामक बुकिङसहित ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ आजबाट रिलिज, शोज थपिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ आजबाट रिलिज भएको छ । दसैँको फूलपातीको अवसर पारेर यो चलचित्र आजबाट रिलिज भएको हो । 

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकार मुख्य भूमिकामा छन् । खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि सिनेमाको विशेष भूमिकामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलहरूमा यसको आक्रामक बुकिङ देखिएको छ । अधिकांश शोज शोल्डआउट हुने क्रममा रहेको अनलाइन बुकिङले देखाएको छ । “कतिपय शोज शोल्डआउट आएका छन् । सोल्डआउट हुन बाँकी रहेका शोज पनि टिकटको डोरसेलबाट भरिनेछ,” निर्देशक खनालले भने, “अधिकांश सहरमा केही शो बुकिङ खुल्नबित्तिकै शोल्डआउट भएका थिए । आक्रामक बुकिङले हामीलाई थप उत्साहप्रदान गरेको छ ।” 

क्यूएफएक्सले ‘पशुपतिप्रसाद–२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा ३३ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३७ शोज दिएको छ । 

Global Ime bank

बुकिङ खोल्दा क्यूएफएक्सले ‘पशुपतिप्रसाद–२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा २६ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३६ शोज दिएको थियो । बुकिङ बढ्दै जाँदा शोज थपिँदै गएको छ । 

“शोज थपिनेक्रम पनि बढेको छ । आक्रामक बुकिङका कारण शोज थपिँदैछन्,” दीपेन्द्रले भने, “इनक्वाइरी बढिरहेका बेला शोज अझै थपिनेछ ।” 

मल्टिप्लेक्स र सिंगल स्क्रिन गरेर ३०० भन्दा बढी शोज पाएको चलचित्र नेपालबाहिरका अधिकांश देशमा एकसाथ रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय