site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि ल्याइँदै
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि नेपाल ल्याइँदै छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाइन लागेको जानकारी दिएको छ ।

Agni Group

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म र त्यहाँबाट फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाइन लागेको दूतावासले जनाएको छ ।

ती चार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ । अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ ।

Global Ime bank

साथै, उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu