site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघका महासचिवले नेपालको संसद्‌मा सम्बोधन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमण हुने भएको छ ।

राष्ट्रसंघका महासचिव गुटेर्रेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम बिहीबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको छ ।

नेपाल बसाइका क्रममा उनले यहाँको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेर्रेसले कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराएको छ । त्यसका निम्ति आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

सोसम्बन्धी व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

महासचिव गुटेर्रेसको सम्बोधनका निम्ति सचिवालयले आन्तरिक तयारीको काम सुरु गरिसकेको उनले बताए ।

महासचिव गुटेर्रेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकाय, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलगायत विशिष्ट सरकारी अधिकारीलाई आमन्त्रण गरिनेछ ।

प्रवक्ता गिरीले प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेका निम्ति बोलाइएको र सो सम्बोधनबारे सोही बैठकमा सांसदहरूलाई जानकारी गराइने बताए । राष्ट्रियसभाका निम्ति सूचना जारी गर्न सकिने उनले उल्लेख गरे ।

“संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसले मिति २०८० कात्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नुहुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको सिलसिलामा उहाँले मिति २०८० कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ,” प्रवक्ता गिरीले भने ।

महासचिव गुटेर्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघको ७८औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेर्रेसको अहिले राष्ट्रसंघको महासचिवका रूपमा दोस्रो कार्यकाल हो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro