site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक १८ देखि

काठमाडौं । तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ देखि २५ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए ।

सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ । सिनियर र भेट्रानमा गरी कुल नौ लाख पाँच हजार रुपैयाँको नगद पुरस्कार रहेको आयोजकले जनाए ।

जुनियरतर्फ भने प्रोत्साहनस्वरूप गिफ्ट ह्याम्पर प्रदान गरिने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठदिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro