site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसले गाजामा २७ टन मानवीय सहायता पठायो

मस्को । रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ । 

“मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ,” उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भने ।

Dabur Nepal
NIC Asia

उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् । 

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित संख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro