site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । 

बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले ४२ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र गुल्सन झा क्रमशः २५ र १४ रनमा अविजित रहे । शीर्ष क्रमका अन्य तीन ब्याटर कुशल भुर्तेल आठ, कुशल मल्ल एक र सन्दीप जोरा तीन रनमा पभेलियन फर्किए ।

Dabur Nepal
NIC Asia

हङकङका इशान खानले तीन विकेट लिए । यासिम मुर्तजाले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९.३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गरेको थियो ।

हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाएका थिए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङविरुद्ध घातक बलिङ गरेका नेपालका करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १५ रन खर्चिए । अभिनास बोहरा र सोमपाल कामीले समान दुई विकेट लिए ।

मौसम ढकाल र कुशल मल्ल समान एक विकेट लिए ।

शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले अब कार्तिक ४ गते पुनः हङकङसँग नै खेल्नेछ । त्यसपछि कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

प्रतियोगिताको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान०)ले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro