site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यले जनही ५१ हजार रुपैयाँ पाउने 

काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य जनही ५१ हजार ररुपैयाँ पुरस्कार पाउने भएका छन् ।

नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । दोस्रो चरणमा नेपालले समूह 'एच' मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन र यमनविरुद्ध खेल्नेछ । 

दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले पहिलो चरणको दोस्रो लेग खेलेर फर्किएपछि टिमका सदस्यलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् । 

नेपाल पहिलो लेगमा लाओससँग १–१ को बराबरीमा रोकिएको थियो । तर, दोस्रो लेगमा उसैको घरमा लाओसलाई १(० ले हराएपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro