site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन् ।  प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए । 

“गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ ।”

उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए ।  उनले वाग्मती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए । आफूले सभापतिलाई सोध्नुस् भनेको सुनाए । 

“वाग्मती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन् । सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनुभयो । मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro