काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका कुशल मल्लले पाँचौँ सफलता दिलाएका हुन् ।
कुशलले ८.२ ओभरमा हङकङका ऐजाज खानलाई करण केसीबाट क्याच गराए ।
जारी खेलमा नेपालका करण केसीले तीन विकेट लिए भने सोमपाल कामीले अर्को एक विकेट लिए ।
जारी खेलको नौ ओभर समाप्त हुँदा हङकङले पाँच विकेट गुमाएर ३६ रन बनाएको छ ।
शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । हङकङको भने यो पहिलो खेल हो ।
ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।