site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ४३.२७ अंकले बढ्यो, कारोबार एक अर्बभन्दा तल  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेको छ । 

नेप्से आज २.३७ प्रतिशतले वृद्धि भएर १९०७.८९ विन्दुमा बन्द भएको हो । नेप्से उच्च अंकले बढे पनि एक अर्बभन्दा कम कारोबार भएको छ ।

९३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने एक अर्ब ८४ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ ।

Global Ime bank

सर्वाधिक सेयर मूल्य वृद्धि आशा लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड छ । यो कम्पनीको चार करोड ४६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका २८६ धितोपत्रको ३७ लाख ७२ हजार २३ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu