खेल
काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लक्ष्य पछ्याइरहेको नेपालले कुशल मल्ललाई दोस्रो विकेटको रूपमा गुमाएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौ ओभरको अन्तिम बलमा मल्ललाई दोस्रो विकेटको रुपमा गुमाएको हो । कुशल ११ रन बनाएर आउट भए ।
जारी खेलको आठ ओभर समाप्त हुदा नेपालले दुई विकेट गुमाएर ४८ रन जोडेको छ । नेपालबाट आसिफ सेख र कप्तान रोहित पौडेल क्रमश: २२ र शून्य रनमा खेलिरहेका छन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएका यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १५:३९
प्रतिक्रिया दिनुहोस्