site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री श्रेष्ठ बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौं । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च (बीआरएफ)को उद्घाटन समारोहमा सहभागी भएका छन् ।

चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले बुधबार बेइजिङमा आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् । 

Dabur Nepal
NIC Asia

उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए । सम्मलेनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले १० वर्षयता बेल्ट एन्ड रोड अन्तरर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको दाबी गरेका थिए । 

बेल्ट एण्ड रोड सूचना राजमार्ग, रेल राजमार्ग, विमानस्थल, बन्दरगाहलगायतका माध्यमबाट विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सफल भएको र यसले विभिन्न मुलुकका सामान, पुँजी, प्रविधि तथा मानवीय आवतजावतसमेत प्रभावकारी बनेको धारणा उनले व्यक्त गरेका थिए । 

राष्ट्रपति सीलगायत विभिन्न मुलुकका राष्ट्रध्यक्षहरूले उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । सम्मेलनमा सहभागी १३० भन्दा बढी मुलुकका प्रतिनिधिहरू बेइजिङ पुगेका छन् । 

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसमेत सहभागी भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले बुधबार आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro