site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघका महासचिव गुटेर्रेस कात्तिक १२ गते नेपाल आउने 
फाइल तस्बिर ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस आउँदो कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी चार दिनका निम्ति नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

“राष्ट्रसंघका महासचिव चार दिनका लागि कात्तिक १२ गते नेपाल आउने कार्यक्रम तय भएको छ,” स्रोतले बाह्रखरीसित भन्यो ।

यसअघि, उनी यही असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेर्रेसले असोज २३ गते नेपाल भ्रमण स्थगित गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला गुटेर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो ।

तर, ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका थिए । अहिले पुनः भ्रमणको मिति तय गरिएको हो ।

नेपालको शान्ति प्रक्रियालाई राष्ट्रसंघ महासचिवले बढी चासो दिएका छन् । नेपाल भ्रमणका बेला उनले नेपालको शान्ति प्रक्रियाका अलावा जलवायु परिवर्तनका असर र अतिकम विकसित राष्ट्रको हैसियतले नेपालले राखेका अपेक्षाका विषयमा छलफल गर्ने जनाइएको छ ।

नेपाल भ्रमणका बेला उनी पोखरा र लुम्बिनी जाने कार्यक्रम छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro