site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमाली क्षेत्रमा सबैभन्दा बढी महँगी 
फाइल तस्बिर ।

काठमाडौं । दिन प्रतिदिन महँगी बढ्दै गएको छ । अहिले महँगी अत्यन्तै बढेको भए पनि नेपाल राष्ट्र बैंकले भदौ महिनासम्मको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार भदौसम्म हिमाली क्षेत्रमा सबैभन्दा बढी महँगी छ । हिमाली क्षेत्रको महँगीदर ११.३२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३, तराईको ७.०३ र पहाडको ८.०९ प्रतिशत छ ।

गत वर्षको भदौमा हिमाली क्षेत्रको महँगीदर ६.६८ प्रतिशत थियो ।  काठमाडौं उपत्यकाको वार्षिक महँगीदर ७.६२, तराईको ९.३३ र पहाडको ८.८२ प्रतिशत थियो ।

यो वर्ष भदौमा वार्षिक विन्दुगत उपभोक्ता महँगीदर ८.१९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७४ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ ।

भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६, चिनी तथा चिनीजन्य वस्तुको १७.८६, तरकारीको १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८, दुग्ध पदार्थ तथा अन्डाको १२.६० र रेस्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले महँगी बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १३.०८ प्रतिशतले महँगी घटेको राष्ट्र बैंकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro