site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ ।

आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै रहेको छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिंचित गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ । 

Global Ime bank

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आस्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँ पर्व मनाउने हिन्दु परम्परा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय