site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छ : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उल्लेख गरे । अहिले समग्रमा देशमा अनेक समस्या रहेको भन्दै उनले सबैले आफ्नो स्थानबाट सकारात्मक पहल गर्नुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

सरकार मात्रले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै उनले यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

“...हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा विस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन्,” उनले भने, “त्यसका बाबजुद अप्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थ मन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro