site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अमेरिकाको क्यालिफोर्नियामा हिन्दु– बौद्ध मन्दिर निर्माण गरिने 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

क्यालिफोर्निया, अमेरिका । नेपालीको बसोबास रहेको अमेरिकाको क्यािलफोर्नियामा नेपाली सामुदायिक केन्द्र एवं हिन्दु—बौद्ध मन्दिर निर्माण गरिने भएको छ ।  नेपाली मौलिक कला एवं सस्कृति झल्किने केन्द्र एवं हिन्दु बौद्ध मन्दिर निर्माणका लागि आइतबार निर्णाणस्थल कार्यालय स्थापना गरिएको हो ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अगुवाईमा बहुप्रतिक्षित केन्द्र निर्माण गर्न लागिएको हो । 

न्यान्स १९९४ मा स्थापना भएको थियो । 

Agni Group

kendra-1697436993.JPG

बडा दसैंको पहिलो दिन घटस्थापनाको दिन पारेर केन्द्र निर्माणस्थलमा शिवको प्रतीक त्रिशुल गाड्नुका साथै बर—पिपल रोपियो ।  भवन निर्माण गर्न लागिएको भूमि सन् २०१८ मा संस्थाले ३ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरेको थियो । जसको क्षेत्रफल झण्डै ७ रोपनी छ ।

Global Ime bank

केन्द्र निर्माण स्थलमा बडादसैं अवधिभर प्रत्येक दिन भगवतीको पूजा एवं साँझ भजनसमेत गरिने आयोजकहरुले बताएका छन् । 

अमेरिकामा क्यालिफोर्निया दोस्रो धेरै नेपालीको बासोबास रहेको राज्यमा पर्छ । क्यालिफोर्नियाको पनि नर्दन क्षेत्रमा ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको आंकडा छ । केन्द्र निर्माणसँगै नेपालीहरुले चाडपर्व एवं धर्म, संस्कृतिअनुसारका सामाजिक सास्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास गरिएको छ ।

सामुदायिक केन्द्र निर्माणका लागि सन् २०१८ मा भएको धार्मिक महायज्ञका क्रममा झन्डै डेढ मिलियनभन्दा बढी रकम चन्दा सहयोगको प्रतिवद्धता भएको थियो । 

दाताले प्रतिवद्धता गरिसकेको रकम र नयाँ दाताहरुबाट चन्दा सहयोग संकलन गरेर भवन निर्माण पुरा गरिने लक्ष्य राखिएको न्यान्सका अध्यक्ष प्रितेश कार्कीले बताए । 

भवन एवं भित्री साजसज्जाका लागि समेत गरेर ३० देखि ४० लाख अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । नेपालीको बढी बसोबास रहेको बे—एरियामा मात्रै हजार भन्दा बढी नेपाली घर नै खरिद गरेर बसोबास गरिहेको अनुमान छ । 

अध्यक्ष कार्कीले नेपालीबीच एकता भएमा निर्माणका लागि लाग्ने रकम संकलन गर्न कठीन नहुने बताए । 

केही वर्षअघिदेखि नै केन्द्र स्थापनाको प्रयास भएपनि समुदायका केही व्यक्तिले संस्थाविरुद्ध अदालतमा मुद्दा गरेपछि निर्माणको कार्यले गति लिन सकेको थिएन । 
यस्तो छ केन्द्रको परिकल्पना

केन्द्रका अध्यक्ष एवं आर्किटेक्ट प्रितेश कार्कीको मार्गनिर्देशनमा केन्द्रको डिजाइन अमेरिकामा क्रियाशील आर्किटेक्ट अस्मिता दाहालले तयार पारेकी थिइन् । 

प्रस्तावित केन्द्रमा नेवा कलाअनुसारको ९ हजार १ सय वर्गफिटको मुख्य केन्द्र भवन हुनेछ । बाहिर नेपाली मौलिक कला झल्किने भवनभित्र अत्यधुनिक संरचना र नेपाली चिनाउने सामग्री राखिनेछ । जसको बाहिरी भागमा हिन्दु र बौद्ध कलाकृति सहितका कुदिएका इँटा काठमा कुँुदिएको झ्याल हुनेछन् । 

मुख्य भवन भित्रमा सामुदायिक कार्यक्रम ध्यानमा राखेर ठूलो भान्सा, कार्यलयका संरचना, सभा हल हुनेछ । बाहिरतर्फ नेपाली झण्डाका लागि अग्लो संरचना बनाइनेछ । केन्द्र निर्माण सकिएर पूर्ण रुपमा संचालनमा आउँदा मिनी नेपाल प्रतिविम्बित हुने विश्वास लिइएको कार्कीले बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu