site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमाले सहकार्य सामाजिक सद्भाव भड्काउने प्रयासको विरुद्धमा हो : हिक्मत कार्की
फाइल तस्बिर।

काठमाडौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राष्ट्रिय एकताका पक्षमा र सामाजिक सद्भाव भड्काउनेको विरुद्धमा भएको बताएका छन् ।

एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले कांग्रेसका केदार कार्कीको मुख्यमन्त्रीमा शपथपछि सार्वभौमसत्ता कमजोर पार्नेहरुप्रति अब दुवै दल सचेत भएको बताए ।

Dabur Nepal
NIC Asia

“हामीले नेपालको राष्ट्रिय राजनीतिमा देखा परेका समस्या र मुलुकभित्रै संविधानलाई च्यात्ने र सामाजिक सञ्जाल भड्काउने प्रयास भइरहेको छ, नेपाल राष्ट्रको सार्वभौमसत्तालाई कमजोर पार्ने प्रयत्न भइरहेको छ । त्यसलाई कमजोर पार्न नेपाली कांग्रेस, नेकपा (एमाले) र यस विचारमा जोडिने मुलु्कका स्टेकहोल्डरहरु मिलेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यसैका लागि कांग्रेस र एमालेबीच सहकार्य सुरु भएको हो,” कार्कीले भने, “कोसी प्रदेशमा मैले गरिरहेको छु । यसमा एमाले र कांग्रेसका सबै नेताहरु हुनुहुन्छ ।”

उनले पुष्पकमल दाहाल प्रचण्डले देशको प्रधानमन्त्रीका रुपमा मात्र केदार कार्कीलाई आफ्नो मुख्यमन्त्री भनेको व्याख्या गरे ।

“प्रचण्डजी देशको प्रधानमन्त्री हुनुहुन्छ । कोसी प्रदेशको मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले मेरो मुख्यमन्त्री भन्नु स्वभाविक हो,” कोसी प्रदेशको मुख्यमन्त्रीलाई गठबन्धनकै मुख्यमन्त्री भन्नुभएको छ नि भन्ने प्रश्नमा कार्कीले भने, “कोसी प्रदेश सरकारमा उहाँहरु हुनुहुन्न । यो सरकार निर्माणको प्रक्रियाबाटै बाहिर हुनुहुन्छ ।”

उनले नेकपा (माअ‍ोवादी केन्द्र)ले सरकारमा सहभागी हु्न प्रस्ताव राखेको खण्डमा कांग्रेस र एमालेबीच छलफल हुने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro