site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङ एयरका घाइते पाइलटलाई भारत पुर्‍याइयो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका निम्ति भारत लगिएको छ । उनलाई मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको मनाङ एयरका सेफ्टी मेनेजर राजु न्यौपानेले जानकारी दिए ।

शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा ९एन–एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । परिवारसित सरसल्लाहपश्चात् उनलाई भारत पठाइएको ह्याम्स अस्पतालले जनाएको छ ।

श्री एयरलाइन्सको विमानमार्फत शनिबार राति उनलाई भारत लगिएको सेफ्टी मेनेजर न्यौपानेले बताए ।

“शनिबार राति ९ः२१ बजे यहाँबाट ‘टेक अफ’ भएको हो,” उनले बाह्रखरीसित भने, “राति १२ः३० बजेतिर पुगेको हुनुपर्छ । श्री एयरलाइन्सबाट पठाइएको हो ।”

पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको ह्याम्स अस्पतालले जनाएको छ ।

“उहाँको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै, उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ,” शनिबार बेलुका सो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “उहाँको शरीर र हातको उपचारको लागि अपरेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ ।”

सेफ्टी मेनेजर न्यौपानेका अनुसार मुम्बईमा विशेषज्ञ चिकित्सकसहितको टोलीले उपचार गर्नेछ । दुर्घटनाका समयमा उक्त हेलिकोप्टरमा पाइलट सेढाईं मात्र सवार रहेको मनाङ एयरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro