site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गरेका छन् । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का एसिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गरेका हुन् ।

भेटवार्तामा विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन आग्रह गरे ।

Dabur Nepal
NIC Asia

“वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ । तर, सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्,” छलफलमा अर्थमन्त्री डा. महतले भने, “बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।”

जवाफमा उपनिर्देशक बो लीले भने, “सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।”

छलफलपछि ईसीएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ ।

आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीचको छलफल सकरात्मक भएको बताइएको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भएको बताइएको छ ।

छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro