site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको विषयमा गगनले भने– कांग्रेसलाई माओवादीकरण, एमालेकरण हुन दिइन्न 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई माओवादीकरण, एमालेकरण हुन नदिने बताएका छन् । 

कोसी प्रदेशको राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले पार्टीलाई राप्रपाकरण हुन पनि नदिने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

शुक्रबार गोरखामा पार्टी जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कांग्रेसनै बनाउने भन्दै नयाँ पुस्ताको भविष्य कांग्रेसलाई बनाउने धारणा राखे । 

“कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ,” थापाले भने । 

महामन्त्री थापाले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति नगर्न पनि उल्लेख गरे । उनले पार्टीमा आफू कहिलेकाही घेराबन्दीमा पर्ने गरेको भन्दै पार्टीलाई विधिसम्वत् चलाउन लागिरहने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu