site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
४० वर्षमा राष्ट्रिय फुटबल टिमबाट ‘डेब्यू’

काठमाडौं । सान मारिनोका रक्षक रोबर्टो डी माइओका लागि ४० वर्षमा फुटबल करियरको सुरुआत भएको छ । 

व्यावसायिक फुटबलमा यस्तो घटना कमैमात्र सुन्न पाइन्छ । उमेरले ३५ कटेपछि अधिकांश फुटबलर सन्यासको सोचमा हुन्छन् । तर, विश्व फुटबलको सबैभन्दा कमजोर टिममध्येको एक सान मारिनोका रक्षक माइओले भने ४० वर्षमा राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेर विश्वलाई चकित बनाएका छन् ।

Dabur Nepal
NIC Asia

माइओले गत मार्चमा नर्दन आयरल्यान्डविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गरेका हुन् । उनले युरो–२०२४ छनोटअन्तर्गतको खेलबाट ‘डेब्यू’ गरेका थिए । यूईएफए प्रतियोगिताबाट ‘डेब्यू’ गरेका माइओ त्यसबेला ४० वर्ष १९३ दिनका थिए ।

उक्त खेलमा सान मारिनो नर्दन आयरल्यान्डसँग २–० ले पराजित भयो । विश्व वरियताको २०७औँ स्थानमा रहेको सान मारिनोका लागि यो नतिजा अप्रत्यासित थिएन । सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो १३२ खेलयता जित निकाल्न सकेको छैन ।

सान मारिनोले शनिबार पुनः नर्दन आयरल्यान्डविरुद्ध खेल्दै छ । माइओ उक्त खेलका लागि पनि टिममा समेटिएका छन् । यी दुईबीचको खेल विन्डसोर पार्कमा हुनेछ । 

“सान मारिनोबाट खेल्न पाउँदा म निक्कै गौरवान्बित छु । यो ती खेलहरू मध्ये एक थियो जहाँ मैले आफैलाई मानसिक रूपमा सबल बनाउनु परेको थिएन । मेरो स्वास्थ्य स्थिती उच्चस्तरको थियो । म दुई घण्टासम्म नथाक्ने थिए,” उनले भने, “सायद केही मानिसहरूले ‘पृथ्वीमा के गर्दै हुनुहुन्छ, यी खोलडी सबै खेल हार्ने सान मारियनोबाट खेल्दैछन्’ भन्ने सोच्न सक्छन् । तर जसले यसो भन्छ, उसलाई अन्तर्राष्ट्रिय फुटबल खेल्नुको अर्थ के हो थाहा छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro