site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललित ट्वान्टी–२० विश्वकप छनोटअघि नै मैदान फर्किने सम्भावना प्रवल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललितनारायण राजवंशी आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटअघि नै मैदान फर्किने प्रवल सम्भावना देखिएको छ ।

यसै महिनाको सुरुआतमा दायाँ क्लाभिकल बोन (ब्युटिबोन)मा चोट लागेपछि ललितको शल्यक्रिया भएको थियो । असोज ४ गते प्रशिक्षणका दौरान ललित घाइते भएका थिए । त्यसयता क्यानको रेखदेखमा रहेका ललित विश्वकप छनोटअघि नै टिममा फर्किने प्रवल सम्भावना रहेको क्यानका डाक्टर अभिषेकराज सिंहले बताए । 

Dabur Nepal
NIC Asia

“ललित नेपाली टिमको एकदमै महत्वपूर्ण सदस्य हुन् र उनी इन्जर्ड भएदेखि नै हामी सबै चिन्तित छौँ । उनलाई बेस्ट ट्रिटमेन्ट कसरी दिन सकिन्छ भनेर क्यान म्यानेजमेन्ट अनि उपचारमा संलग्न टिम पूर्ण रूपले उपलब्ध साधन र स्रोतका माध्यमबाट प्रयास गरिरहेको छ । हाम्रो सुरुको दिनदेखिको प्रयास नै उनलाई छिटोभन्दा छिटो खेलमा फर्काउने नै हो । र, अहिलेको उनको प्रगति हेर्दा हामी हाम्रो लक्ष्य नजिक छौँ । आधिकारिक रूपमा ललितले आउँदो खेल खेल्ने नखेल्ने भन्ने बारेमा भने क्यानले नै बताउने छ,” डा. सिंहले बाह्रखरीसँग भने । 

विश्वकप छनोटअघिको त्रिदेशीय शृंखलाबाट नियमित स्पिनर सन्दीप लामिछानेले नाम फिर्ता लिएपछि नेपाली टिममा नियमित स्पिनरको समस्या हुने देखिएको छ । यसै कारण पनि ललितको पुनरागमन टिमका लागि महत्वपूर्ण रहेको जानकार बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro