site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वाधार विकास परियोजना सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक : गृहमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजना सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बाजुरा, ०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरोलगायत बाढीपहिरोबाट हुने क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको प्रस्ट भएको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भूगर्भ र यो सम्बन्धित प्रकोपका बारेमा अध्ययन गरिरहेका अध्येता देशका लागि आवश्यक रहेको बताए ।

“पहिरो र बाढीजस्ता प्रत्यक्ष रूपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरूको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरूकै बारेमा विज्ञता हासिल गरेका तपाईंहरूको देशका लागि ठूलो आवश्यकता छ । गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरोलगायत पश्चिमी बाढीपहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट पारिरहेको छ,” उनले भने, “साथै, ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरूमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ । नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईंहरूको प्रतिनिधित्व गराउन, तपाईंहरूको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।”

गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्यूनीकरणका निम्ति आवश्यक नीति बनाउन सरकार तयार रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्