site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजी मोटर्सको अफर : कुनै पनि पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं । सीजी मोटर्सले नेटा विद्युतीय गाडी (ईभी)सँग कुनै पनि पुराना गाडी एक्सचेन्ज गर्न सकिने अफर ल्याएको छ । कम्पनीले असोज २४ गतेदेखि २८ गतेसम्म काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्प आयोजना गरेको बताएको हो ।

दसैँको अवसरमा प्योर ईभी प्लाटफर्ममा बनेको ३८० किलोमिटर रेन्ज रहेको नेटा भी एक्सचेन्ज क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनससहित पुरानो गाडीको राम्रो मूल्यांकन, एक वर्षको बिमा, सडक दस्तुर तथा डिक्की फुल अफर रहेको छ । यसका साथै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ ।

सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टीभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेटसमेत सित्तैमा दिइरहेको कम्पनीले जनाएको छ ।

नेटा भी ईभीको ब्याट्रीमा १० वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी रहेको सीजी मोटर्सले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्