काठमाडौं । साइनिङ नेपाल फाउन्डेसनले काठमाडौं महानगरपालिका–९ का तीनवटा सामुदायिक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्यापटप वितरण गरेको छ ।
पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीको प्रमुख अतिथ्यतामा बिहीबार गौशालास्थित मंगलादेवी माध्यमिक विद्यालयको हलमा उक्त सम्मान तथा ल्यापटप वितरण कार्य भएको हो ।
गौशालास्थित उक्त विद्यालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित शारदा माध्यमिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरी माध्यमिक विद्यालयका छात्र अमन यादवले उच्च अंक हासिलको आधारमा सम्मानसहित एक–एक वटा ल्यापटप प्राप्त गरेका हुन् ।
कार्यक्रममा समाजसेवी शशिकान्त अग्रवालसहित विभिन्न पार्टीका नेताहरूको उपस्थिति थियो ।