site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जगदम्बा स्टिल्सले प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा छुट्टाछुट्टै समूहका पाँच कम्पनीले आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् । 

एसवाई प्यानल, जगदम्बा स्टिल्स, माविलुङ इनर्जी लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

यी पाँच कम्पनीमध्ये जगदम्बा स्टिलले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य २०० थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । यो कम्पनीले असोज १७ गते बोर्डमा निवेदन दिएको हो । दुई करोड ७० हजार कित्ता आईपीओ ६ अर्ब दुई करोड १० लाख रुपैयाँ बराबरमा निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

'अन्य' समूह अन्तर्गतको एसवाई प्यानलले अंकित मूल्य १०० मा नै ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न असोज १९ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

याम्बालिङ हाइड्रोपावर अंकित मूल्य १०० रुपैयाँमा नै २८ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

त्यसैगरी एपेक्स हस्पिटालिटीले पनि अंकित मूल्य १०० रुपैयाँमा नै २४ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १२ गते निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ ।

माविलुङ इनर्जीले पनि अंकित मूल्यमा नै १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ ।

यी कम्पनीमध्ये हाइड्रो समूहका याम्बालिङ्ग हाइड्रोपावर र मबिलुङले बोर्डबाट अनुमति पाएपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ निष्कासन गरी दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछन् । अन्य र उत्पादन तथा प्रशोधन समूहअन्तर्गतका तीन कम्पनीले भने वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरेर मात्र सर्वसाधारणलाई निष्कासन गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro