site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको अन्तिम दिन नेप्से २० अंकले घट्यो, कारोबार रकममा सुधार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २० अंकले घटेको छ । 

बिहीबार नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार  देखिएको छ । 

२९२ धितोपत्रको ७५ लाख ५८ हजार ५४२ कित्ता एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन ३७ लाख ३३ हजार ५२४ सेयरको एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको थियो ।

घटेको बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मिटसोलु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ ।

बुधबारबाट कारोबारमा आएको हाथवे इन्भेस्टमेन्ट नेपालको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । सिटी होटेल लिमिटेडको शेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ । 

कारोबार आएको १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत परिसूचक ०.१६ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत परिसूचक घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro