site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट नेपाल फर्कन ३५० बढीको आवेदन

काठमाडौं । इजरायलबाट नेपाल फर्कन ३५० भन्दा बढीले आवेदन दिएका छन् ।

स्वेदश फर्कनका लागि सुरु गरिएको अनलाइन रजिष्टेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन प्रक्रिया सुरु गरिएको छ ।  

हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चारजनाको स्वास्थ्य अवस्थामा सुधार भएको राजदूतावासले जनाइएको छ ।

Global Ime bank

राजदूतावासका अनुसार हराइरहरेको एक नेपाली विद्यार्थीको खोजीकार्य भइरहेको छ ।  प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजी तीब्र पारिएको छ ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu