site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलमा रहेका नेपालीबारे सरकारलाई कांग्रेसको चारबुँदे ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चारबुँदे ध्यानाकर्षण गराएको छ ।

Dabur Nepal
NIC Asia

“आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने । सम्पर्कमा नरहेका कंचनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्ने, इजरायलमा भएका नेपालीहरूको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्ने,” कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, “रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरू इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने ।”

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

“यो बैठक हमासको आक्रमणमा परी घाइते भइ उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको नेपाल सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,” कांग्रेसको निर्णयमा भनिएको छ ।

यस्तो छ शोक प्रस्ताव :
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी हमास समूहको क्रुरतापूर्ण एवं आतंककारी आक्रमणमा परी अध्ययन र आर्जन (लर्न एण्ड अर्न) कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको दुःखद हत्या भएकोमा यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । यो बैठक उक्त आक्रमणमा परी जीवन गुमाउने बझाङका गणेशकुमार नेपाली, दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज विष्ट, सल्यानका प्रवेश भण्डारी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने, डोटीका पदम थापा र राजन फुलारा, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यो बैठक शोक सन्तप्त सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro