site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालीको विवरण अपडेट गरी तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलजस्तै घटना भविष्यमा अरू देशमा घट्न सक्ने पूर्वआकलन गरी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकबाट उक्त निर्देशन दिइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।

“भविष्यमा इजरायलजस्तो घटनाको पूर्वआकलन गरी विदेशस्थित विदेश दूतावास नियोगहरूलाई नेपालीहरूको विवरण अपडेट गरी पूर्ण तयारी अवस्थामा राख्न र ती निकायहरूलई स्रोतसाधनसहित सक्षम र सबल बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ,” समिति बैठकका निर्णय सुनाउँदै उनले भने ।

इजरायलमा आक्रमणमा परी मृत्यु भएका नेपालीको शव यथाशक्य चाँडो स्वदेश ल्याउन, त्यहाँ रहेका नेपालीको सुरक्षा र आउन चाहनेलाई स्वदेश फर्काउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

“निधन भएकाको शव यथाशीघ्र नेपाल ल्याउन, घाइतेहरूको उपचार गर्न र बेपत्ता भएकाहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् सुरक्षित स्थानमा लैजान, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्ता हुन चाहनेहरूलाई आवश्यक पहल लिन नेपाल सरकार, प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro