site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल एयरलायन्सको विमान पठाएर तुरुन्तै नेपालीको उद्धार गर्नुपर्छ : सांसद पन्त
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले द्वन्द्वग्रस्त इजरायलबाट फिर्ता हुन चाहने नेपालीलाई विमान नै पठाएर भए पनि सरकारले यथाशीघ्र स्वदेश फर्काउनुपर्ने बताएका छन् ।

सुरक्षित रूपमा नेपालीलाई फर्काउनुपर्ने आइतबार आफूले सञ्चारमाध्यमसित बताए पनि सामाजिक सञ्जालमा बंग्याएर प्रचार गरिएको उनको भनाइ छ । कोरोनाका बेलामा तत्कालीन सरकारले नागरिकको उद्धार गरेजस्तै अहिले पनि गरिनुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

“मैले हिजो (आइतबार) बोलेका कुरालाई बंग्याएर प्रचार गरियो । सरकारले त्यहाँ रहेका नेपालीहरूको उद्धारको लागि नेपाल एयरलायन्सको विमान पठाएरै भए पनि तुरुन्तै नेपाल फर्काउनुपर्छ,” उनले बाह्रखरीसँग भने, “कूटनीतिक प्रयासलाई अघि बढाएर फर्कन चाहने नेपालीहरूलाई अविलम्ब फर्काउनुपर्छ र द्वन्द्वग्रस्त क्षेत्रमा बस्न चाहनेहरूले पनि बस्न पाऊन् भन्नेमा ध्यान दिनुपर्छ ।”

उनले इजरायलमा नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गरे । “इजरायलमा जे घटना घटेको छ, यो दुःखद घटना हो । प्यालेस्टाइनी र इजरायलको पहिलेदेखि नै द्वन्द्व भए पनि सुरक्षा व्यवस्था राम्रो थियो,” उनले भने, “त्यसैले नेपाली गएका हुन् । अप्रत्याशित द्वन्द्वप्रति गहिरो दुःख व्यक्त गर्दछु ।”

मृत्यु भएकाको शव स्वदेश ल्याउनुपर्ने र सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए । “ज–जसको मृत्यु भएको छ, शवलाई स्वदेशमा ल्याइदिनुपर्छ । उनीहरूको लागि नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्छ । र, इजरायल सरकारसँग पनि कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ ।”

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro