site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायल–हमास द्वन्द्व : प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि उनले बैठक डाकेका हुन् ।

आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

त्यसअघि, आजै अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय छ । बैठकमा इजरायलमा विकसित पछिल्लो घटनाक्रम र नेपाली नागरिकको उद्धार, राहतलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro