site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायल घटनाले स्तब्ध : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायल घटनाले आफू स्तब्ध बनेको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले प्यालेस्टाइनी अतिवादी समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दिवंगत नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

Dabur Nepal
NIC Asia

“अतिवादी हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको दुःखद निधनको पीडादायी खबरले स्तब्ध बनायो । आक्रमणमा परी कैयौँ नेपाली घाइते हुनुभएको छ,” उनले विज्ञप्तिमा लेखेका छन्, “शोकको यस घडीमा दिवंगत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । इजरायलमा रहेका नेपालीको उद्धार, राहतको व्यवस्था मिलाउन अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

“घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीहरूको उघार, राहत र नेपाल फर्कन चाहनेहरूलाई शीघ्र नेपाल फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु,” उनले भनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro