काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सरकारले शिक्षकहरूको ट्रेड युनियन अधिकार नखोस्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले ट्रेड युनियन अधिकार खोस्नुपर्छ भन्ने राय आए पनि सरकार त्यसतर्फ नलागेको बताए ।
उनले शिक्षक महासंघको माध्यमबाट ट्रेड युनियन हक स्थापित गराइएको बताए । “हामीले शिक्षकहरुलाई व्यावसायिक र पेशगत हक अधिकारका लागि शिक्षक महासंघको माध्यमबाट, यो भन्नेबित्तिकै संघहरु हुने भए, यो माध्यमबाट बोल्न पाउने व्यवस्था अघि सारेका छौँ,” उनले भने ।
ट्रेड युनियन गर्नै दिनु हुन्न भन्ने कुरा समय अनुकूल नहुने उनको भनाइ थियो ।