site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्प्रीडअनुसार काम भएन : सांसद वाग्ले
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा दफा २९ देखि ५२ सम्म धेरै कार्य महिना तोकेर सम्पन्न गर्ने भनिए पनि सरकारले ती काम नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले योपटक पनि साढे ३ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि नहुने विभिन्न सर्वेक्षण र प्रक्षेपणले देखाएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

“कतिपय काम असारसम्म, केही काम साउनसम्म, केही काम असोज–कात्तिक विभिन्न म्याद तोकिएको थियो । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो, तर स्प्रीडअनुसार काम भएको छैन,” उनले भने ।

सांसद वाग्लेले अर्थतन्त्रको विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकले नीति खुकुलो गरेको भन्दै प्रशंसा गरे ।

उनले तनहुँ जिल्ला डेंगीले आक्रान्त भएको भन्दै त्यसका निम्ति आधारभूत सामग्री व्यक्तिगत पहलमा पठाउनुपर्ने अवस्था आएको गुनासो गरे । विदेशबाट फर्कने नेपालीमा किड्नीको समस्या हुने गरेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro