site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र, हमास–इजरायल युद्धको निरन्तर अनुगमन गर्ने 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा समन्वय संयन्त्र स्थापना गरेका छन् । प्यालेस्टाइनी चरमपन्थी समूह हमास र इजरायलबीच युद्ध चर्किरहेका बेला अवस्थाको अनुगमन र मूल्यांकन गर्न संयन्त्र स्थापना गरिएको हो ।

“आज (आइतबार) बिहान प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ,” परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभा बैठकमा भने ।

संयन्त्रले घटनाको अनुगमन गर्नेदेखि इजरायलबाट नेपालीको उद्धार गर्नुपरेमा आवश्यक तयारी गर्ने जनाइएको छ ।

“यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायत सम्पूर्ण कार्यहरू गर्नेछ,” उनले भने ।

परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत रहेको बताए । त्यहाँ हाल अध्ययन गरिरहेका २६५ नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएको उनले जनाए ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

“नेपाली राजदूतावासमा प्राप्त अपडेटअनुसार यो स्थान (किवुज अलुमिम) गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुईजना सकुशल रहेको, तीनजना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,” उनले भने ।

हमासले शनिबार अचानक इजरायलमा आक्रमण गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro