site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वीर अस्पतालका करार स्वास्थ्यकर्मी हटाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : सांसद भट्टराई
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई आज (आइतबार)देखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाइन् । उनीहरुलाई हटाउने निर्णय फिर्ता लिन उनले सरकारसँग आग्रह गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद भट्टराईले वीर अस्पतालको बिस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरुको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गरिन् ।

“वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई दसैँको सम्मुखमा सरकारले हटाउने निर्णय गरेको छ । कोरोना महामारीका समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ जना प्रयोगशाला प्राविधिकका साथ रेडियोलोजिस्टलाई असोज २१ गतेबाट काममा नआउनका लागि माननीय स्वास्थ्यमन्त्रीज्यूले निर्देशन दिनुभएको छ भन्ने समाचार आएको छ,” उनले भनिन् ।

Global Ime bank

सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालको गतिविधि गर्न नहुने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय