site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालगन्जमा कर्फ्युको समय घटाइयो, यी कार्य गर्न नपाइने
फाइल तस्बिर ।

काठमाडौं । बाँकेको नेपालगन्जमा कर्फ्युको समय कम गर्दै लगिएको छ । दुई समुदायबीच तनाव उत्पन्न भएपछि गएको मंगलबार दिउँसो १ बजेदेखि त्यहाँ अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यसयता क्रमशः कर्फ्युको समय घटाइएको छ । अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

शनिबार बेलुका ८ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश आइतबार बिहान ४ बजेदेखि हटाइएको छ । आइतबार दिनभरका लागि कर्फ्यु हटाइएको हो ।

आइतबार राति १० देखि सोमबार बिहान ४ बजेसम्मका लागि पुनः कर्फ्यु आदेश जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यु आदेश जारी गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र (पूर्वमा मिलनचोक, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा कारकाँदोचोक र दक्षिणमा जमुनाहा सीमानाका)भित्र कर्फ्यु आदेश लागु हुनेछ ।

यस्तै, आइतबार बिहान १० देखि राति १० बजेसम्म नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न पाइँदैन । सो क्षेत्रमा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न समेत पाइँदैन । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

940x380-21-1696737858.jpg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro