site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला भलिबलमा नेपालसँग मंगोलिया पराजित 

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । 

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकालेको हो । पहिलो सेट मंगोलियाले २५–१७ ले जिते पनि दोस्रो र तेस्रो सेटमा नेपालले क्रमशः २५–१८ र २५–२१ ले जिन निकाल्यो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चौथो सेटमा मंगोलिया २५–१८ ले विजयी भए पनि निर्णायक पाँचौं सेटमा नेपाल १५–१२ ले विजयी भएको थियो । 

 मंगोलियालाई पराजित गरेको नेपाल एघारौं स्थानमा रह्यो । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्